२५ जेठ २०८३, सोमबार

समितिमा सात घण्टा बयान दिएपछि रविले भने- सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन

भदौ ८, २०८१
काठमाडौं
समितिमा सात घण्टा बयान दिएपछि रविले भने- सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन

सहकारीको बचत हिनामिना सम्बन्धमा छानबिन गर्न बनेको संसदीय विशेष समितिले रास्वपा सभापति तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसँग शुक्रबार बयान लिएको छ । 

समितिको कार्यालय सिंहदरबारमा हिजो लामो समय लगाएर समितिले लामिछानेसँग बयान लिएको हो । समितिले रविसँग सात घण्टा बयान लिएको थियो ।  बयान राति १ बजेसम्म चलेको थियो । 

बयानका क्रममा लामिछानेले आफूमाथि लागेका आरोपको सबै दोषारोपण जीबी राईमाथि लगाएर उम्कने प्रयास गरेका छन् । 

लामिछानेले आफूलाई पनि समितिले न्याय दिने विश्वास व्यक्त गरे । बयानपछि बाहिर निस्किने क्रममा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै आफूले सबै प्रश्नको तथ्यसहित जवाफ दिएकोले समितिले न्याय दिने उनले विश्वास व्यक्त गरे । 

उनले सहकारीको एक पैसा पनि आफूले दुरूपयोग गरेको दोहोर्‍याए । 'मैले सबै प्रश्नको तथ्यसहित जवाफ दिएको छु । समितिले सबै पीडितलाई दिने छ । न्यायकै खोजीमा रहेको मलाई पनि न्याय गर्ने छ,' उनले भने, 'सहकारीको एक पैसा पनि मेरो पेटमा परेको छैन । लिएको छैन/थिएन ।'
 

salt training

कमेन्ट गर्नुहोस्