२७ जेठ २०८३, बुधबार

पोखरीमा डुबेर बालकको मृत्यु

भदौ ८, २०८१
सर्लाही
पोखरीमा डुबेर बालकको मृत्यु

राम जानकी मठको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा रहेको पोखरीमा डुबेर ब्रह्मपुरी–२ का ६ वर्षीय अङ्कित साहको मृत्यु भएको हो । 

घर नजिकैको पोखरीमा नुहाउन पसेका साहको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

उनलाई स्थानीयले तत्कालै पोखरीबाट बाहिर निकाले पनि बचाउन भने नसकिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्