०२ साउन २०८३, शनिबार

नाइजेरियामा अपहरणमा परेका २० जना मेडिकल विद्यार्थीको उद्धार

भदौ ८, २०८१
काठमाडौं
नाइजेरियामा अपहरणमा परेका २० जना मेडिकल विद्यार्थीको उद्धार

लागोस– अपहरणमा परेका २० जना नाइजेरियाका मेडिकल विद्यार्थी एक हप्ताभन्दा लामो समयपछि उद्धार गरिएको प्रहरीले शनिवार जनाएको छ ।

बन्दुकधारीहरूले विद्यार्थीलार्ई अगस्ट–१५ मा बेन्यु राज्यमा आयोजित एक शैक्षिक सम्मेलनमा जाँदै गर्दा अपरहणमा गरी फिरौतीको माग गरेको प्रहरीले जनाएको थियो ।  

प्रहरीले विज्ञप्तिमार्फत मैदुगुरी विश्वविद्यालय र जोस विश्वविद्यालयका अपहरण भएका विद्यार्थीहरू रिहा भएको पुष्टि गरेको हो ।  

प्रहरी प्रमुखले यस हप्ता नाइजेरियामा अपहरणमा परेका पीडितहरू पत्ता लगाउन बेन्युमा ‘रणनीतिक टोली’ तैनाथ गरेको बताए ।

एनआईएमएसए नेसनल मेडिकल स्टुडेन्ट एसोसिएसनका महासचिव फर्च्युन ओलेले विज्ञप्तिमार्फत विद्यार्थीसँग फोनमा कुरा गरेको र उनीहरू सुरक्षित रहेको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्