१० साउन २०८३, आइतबार

हालान्डको ह्याट्रिकमा साविक विजेता सिटीको इप्सविच टाउनमाथि फराकिलो जीत

भदौ ९, २०८१
काठमाडौं
हालान्डको ह्याट्रिकमा साविक विजेता सिटीको इप्सविच टाउनमाथि फराकिलो जीत

अर्लिङ हालान्डको ह्याट्रिकको मद्दतमा साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस ​प्रिमियर लिग फूटबलमा शनिवार इप्सविच टाउनमाथि ४–१ गोल अन्तरको फराकिलो जीत निकालेको छ । एक गोलले पछि परेको अवस्था उल्टाउँदै सिटीले शानदार जीत निकोलेको हो । हालान्ड चम्किएपछि सिटीले पुनरागमन जीत सम्भव भएको थियो । 

एतिहाड स्टेडियममा शनिवार राति सामी स्मोडिक्सले खेलको सातौं मिनेटमै गोल गर्दै पाहुना टोली इप्सविच टाउनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । सिटीका हालान्डले १२औं मिनेटमा नै पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।  त्यसको दुई मिनेटपछि नै केभिन डे ब्रुयनेले गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।

यसपछि खेलको १६औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले अग्रता ३–१ पुर्यायो । दोस्रो हाफमा सिटीले एक गोल थप्यो । ८८औं मिनेटमा हालान्डले नै व्यक्तिगत तेस्रो गोल गर्दै नयाँ सिजनको पहिलो ह्याट्रिक पूरा गरे । यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा सिटीले खेल ४–१ ले जित्यो ।

लगातार दोस्रो जीतपछि सिटी ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । शनिवारै भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई २–१ ले पराजित गरेको ब्राइटन एन्ड होभ अल्बियनको पनि समान ६ अंक छ । तर गोलअन्तरमा सिटी अघि छ ।

यस्तै आर्सनलको पनि ६ अंक नै छ । गोल अन्तरका आधारमा सिटी पहिलो, ब्राइटन दोस्रो र आर्सनल तेस्रो स्थानमा छन् । 

salt training

कमेन्ट गर्नुहोस्