
भारतको गुजरातबाट नेपालको पोखरामा सिधा हवाई उडान गर्नेबारे गुजरातका मुख्यमन्त्रीसँग पर्यटन मन्त्रीले कुरा राखेका छन् ।
भारत भ्रमणमा रहेका संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलसँगको भेटमा त्यस्तो प्रस्ताव राखेका हुन् ।
‘उहाँहरूबीच नेपाल र भारतबीचको पुरानो सांस्कृतिक तथा धार्मिक सम्बन्ध र गुजरात र पोखराबीचको सिधा उडानको सम्भावनाबारे कुराकानी भएको थियो,’ नयाँ दिल्लीस्थित नेपाली दूतावासले सामाजिक सञ्जाल ट्विटर (एक्स)मा सन्देश लेखेको छ ।
मन्त्री पाण्डेले मुख्यमन्त्री पटेललाई पशुपतिनाथ मन्दिरको चन्दन र रुद्राक्षको माला लगाइदिएका थिए ।