२१ जेठ २०८३, बिहीबार
घट्यो नेप्से

शेयर बजारमा पहिरो– ७९ अंकले झर्दा कारोबार १९ अर्बमा सीमित

भदौ ९, २०८१
काठमाडौं
शेयर बजारमा पहिरो– ७९ अंकले झर्दा कारोबार १९ अर्बमा सीमित

शेयर बजारमा आइतबार पहिरो गएको छ ।

नेपाल स्टक एक्स्चेन्ज परिसूचक (नेप्से) ७९.८८ अंकले घटेर २८९४.५७ बिन्दुमा आइपुगेको छ ।

आइतबार कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएन ।

केही दिनअघि ३० अर्ब हाराहारी पुगेको कारोबार रकम बिहीबारजस्तै आज पनि १९ अर्ब ७४ करोडमा सीमित भएको छ ।

१८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ६० कम्पनीको शेयर मूल्य वृद्धि भएको छ ।

ठूलो करेक्सनविनै ३ हजार बिन्दु छोएको नेप्से केही दिनयता साइडवेजमा चल्दै आएको थियो ।

आइतबार नेप्सेले २९ सय बिन्दुलाई छाडेर तल झरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्