१० साउन २०८३, आइतबार

कोशीमा भारी वर्षाको सम्भावना, अन्य ठाउँमा दिउँसोभन्दा राति धेरै पानी पर्ने

भदौ १०, २०८१
काठमाडौं
कोशीमा भारी वर्षाको सम्भावना, अन्य ठाउँमा दिउँसोभन्दा राति धेरै पानी पर्ने

हाल कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सबै प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेशको पहाडी भू-भागमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज राति कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्