१९ असार २०८३, शुक्रबार

बडिगाडका पहिरो पीडितलाई बागलुङ सेवा समाज कतारको सहयोग

भदौ १०, २०८१
काठमाडौं
बडिगाडका पहिरो पीडितलाई बागलुङ सेवा समाज कतारको सहयोग

बागलुङको बडिगाड गाउँपालिका- ९ र १० का पहिरो पीडितलाई बागलुङ सेवा समाज कतारले आर्थिक सहयोग गरेको छ । समाजले आइतबार पहिरो पीडित र मृतकका आफन्तलाई १ लाख १ हजार १ सय ११ रूपैयाँ सहयोग गरेको हो ।

समाजले बडिगाड गाउँपालिका-१० आरुपाटा र वडा नम्बर ९ बलघासमा गएको पहिरोमा परी ज्यान गुमाएका १२ जनाका आफन्तलाई ८४ हजार, विस्थापित ३ परिवारलाई ९ हजार र गम्भीर घाइते भएका एक जनालाई ८ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको समाजका सहसचिव हिराबहादुर विकले जानकारी दिए ।

उनका अनुसार बडिगाड गाउँपालिका-१० का वडाध्यक्ष बिरेन्द्र बुढा र वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण केसीको रोहबरमा सहयोग रकम हस्तान्तरण गरिएको हो । 

गत साउन २२ गते गएको पहिरोमा परी बडिगाड गाउँपालिका वडा नम्बर १० मा १० जना र वडा नम्बर ९ मा २ जनाको मृत्यु भएको थियो भने, ८ जना घाइते भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्