२३ जेठ २०८३, शनिबार

मेडिसिटी अस्पतालमा वात्सल्यको नयाँ क्लिनिक उद्घाटन

भदौ १०, २०८१
काठमाडौं
मेडिसिटी अस्पतालमा वात्सल्यको नयाँ क्लिनिक उद्घाटन

वात्सल्य नेचुरल आई.भी.एफले नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा ललितपुरमा नयाँ क्लिनिक उद्घाटन गरेको छ । सोमबार नयाँ ब्रान्ड पहिचान सार्वजनिक गर्दै नेपाल मेडिसिटी अस्पतालसँगको सहकार्यमा ललितपुरमा क्लिनिक उद्घाटन गरेको हो । 

नेपाल मेडिसिटी अस्पताल नख्खुमा रहेको क्लिनिकको उद्घाटन अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले गरे । मानिसको सबैभन्दा ठूलो र महत्त्वपूर्ण कुरा सन्तति रहेको महतोले बताए ।

डा. महतोले भने, ‘हाम्रो धारणा भनेको प्रत्येक इच्छुक परिवारले सन्तानप्राप्तिको सुख अनुभव गर्न पाऊन् भन्ने हो । हाम्रो ब्रान्डिङ र नयाँ पहिचान मात्र हैन, यसले हाम्रो प्रगतिशील प्रविधिसँगै जोडीहरूको प्रजनन यात्रामा सहानुभूतिपूर्ण समर्थन गर्ने हाम्रो प्रतिबद्धतालाई थप प्रस्ट पार्छ ।’

null

समारोहमा वात्सल्यको ब्रान्ड एम्बेस्डरका रूपमा २०२४ की मिस नेपाल वर्ल्ड आश्माकुमारी केसी, मिस नेपाल इन्टरनेसनल करुणा रावत र मिस नेपाल अर्थ सुमना केसी पनि उपस्थित थिए । वात्सल्यको रिब्रान्डिङ गरी नयाँ लोगो, नयाँ ब्रान्ड रंग र नयाँ विषयवस्तुसहित नयाँ नारा (स्लोगन) ‘नयाँ आशा, नयाँ जीवन’पनि सार्वजनिक गरिएको छ । 

विगत ८ वर्षयता करिब ५ हजार जोडीलाई सन्तान प्राप्तिको सुख दिएको वात्सल्यले जनाएको छ । यस नयाँ पहिचानसँगै, वात्सल्यले इच्छुक दम्पतीहरूमाझ अभिभावकत्वको आशा पुनः जगाउने र नयाँ प्रेरणा तथा नयाँ जीवन दिने प्रतिबद्धता जनाएको छ ।

त्यसक्रममा वात्सल्य नेचुरल आईभीएफका प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले भने, ‘वात्सल्य समूहले नक्साल, ललितपुर, भक्तपुर, नेपालगञ्ज, चितवन र बुटवलबाट सेवा प्रदान गर्दै आएको छ । पोखरा र विराटनगरमा चाँडै नै नयाँ क्लिनिक खोल्ने तयारीमा छ । यस विस्तारका साथ वात्सल्यले नेपालभरका इच्छुक दम्पतीलाई प्रजनन सेवा उपलब्ध गराई अभिभावकत्वको खुशी प्रदान गर्नेछ ।’


 

salt training

कमेन्ट गर्नुहोस्