२१ जेठ २०८३, बिहीबार

जनसङ्गीतिज्ञ पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान’ प्रदान

भदौ १०, २०८१
काठमाडौं
जनसङ्गीतिज्ञ पाख्रिनलाई ‘जनगायक जेबी टुहुरे सम्मान’ प्रदान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ जनसङ्गीतिज्ञ खुसीराम पाख्रिनलाई मरणोप्रान्त ‘जनगायक जेबी टुहुरे सम्मान– २०८१’ प्रदान गरेका छन् । 

जेबी टुहुरे फाउन्डेसनले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष दाहालले दिवङ्गत पाख्रिनकी पत्नी सुकमायालाई उक्त सम्मान प्रदान गरे । सो सम्मानको राशि रु एक लाख रहेको छ ।

पाख्रिनले नेपालको जनवादी सांस्कृतिक आन्दोलनमा आजीवन प्रगतिशील गीत, सङ्गीत गायन तथा नृत्य एवं गीतिनाटकमार्फत नेपाली समाजका शोषित–पीडित वर्गमा चेतना जागृत गराउन पु¥याएको योगदानस्वरूप सम्मान गरिएको फाउन्डेशनका निर्भिक टुहुरेले जानकारी दिए । 

गोरखाको अजिरकोट गाउँपालिकामा विस २००९ कात्तिक ११ गते जन्मिएका पाख्रिनले चितवनको नारायणी कला मन्दिरबाट प्रारम्भिक कलायात्रा सुरु गरेका थिए । विसं २०३५/०३६ देखि जनवादी गीत रचना गर्ने, सङ्गीत भर्ने, गाउने, नृत्य सिकाउने र गीतिनाटकसमेत रचनामा समर्पित उनका ‘कालो वनको बीचैमा’, ‘गैती बेल्चा उचालेर’, ‘युवाहरु हो’ जस्ता गीत अत्यन्तै लोकप्रिय छन् ।

चार वटा गीति पुस्तिकासमेत प्रकाशन गरेका पाख्रिनले प्रतिरोध सांस्कृतिक परिवार र सामना सांस्कृतिक परिवारको नेतृत्वसमेत गर्नुरेका थिए । विसं २०७० मा सम्पन्न दोस्रो संविधानसभा सदस्यका रूपमा उनले निर्वाह गरेको भूमिका महत्वपूर्ण छ ।

salt training

कमेन्ट गर्नुहोस्