२६ असार २०८३, शुक्रबार

पदाधिकारीको निर्वाचन गर्न एकीकृत समाजवादीद्वारा निर्वाचन तालिका सार्वजनिक

भदौ १०, २०८१
काठमाडौं
पदाधिकारीको निर्वाचन गर्न एकीकृत समाजवादीद्वारा निर्वाचन तालिका सार्वजनिक

नेकपा (एकीकृत समाजवादी) मा १८ पदाधिकारीका लागि निर्वाचन गर्न लागिएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि निर्वाचन हुन लागेको जनाइएको छ । 

पदाधिकारी र पोलिटब्युरो सदस्यकाे निर्वाचनका लागि एकीकृत समाजवादीले सोमबार निर्वाचन तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार मंगलबार दिउँसो २ देखि ५ बजेसम्म मतदान हुने छ । 

यसअघि एकीकृत समाजवादीले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो । 
तर बाँकी पदमा सहमति हुन नसकेपछि चुनाव गर्न लागिएको हो । नेताहरुले अन्तिमसम्म पनि सहमतिको प्रयास भने हुने बताएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्