०४ असार २०८३, बिहीबार

निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात

भदौ ११, २०८१
काठमाडौं
निर्यातभन्दा दोब्बरको पेट्रोलियम पदार्थ आयात

 चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले निर्यात गरेर प्राप्त गरेको आम्दानीभन्दा दोब्बर बढीको पेट्रोलियम पदार्थ आयात भएको छ । 

भन्सार विभागको तथ्याङ्क अनुसार साउनमा २१ अर्ब ६६ करोड ९० लाख ४९ हजार रुपियाँ बराबरको पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, हवाई इन्धन, खाना पकाउने ग्यास) आयात भएको छ । जबकि साउनमा नेपालले करिब १२ अर्ब रुपियाँको मात्रै वस्तु निर्यात गरेको छ । 

निर्यातको तुलनामा पेट्रोलियम पदार्थको आयात बढी देखिए पनि समग्रमा पेट्रोलियम आयात भने घटेको छ । विभागका अनुसार गत साउनको तुलनामा नेपालले करिब ३० करोड रुपियाँभन्दा कम पेट्रोलियम आयात गरेको छ । गत साउनमा नेपालले २१ अर्ब ९८ करोड रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको थियो । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्