
नेकपा (एकीकृत समाजवादी)को पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि मनोनयन दर्ता भएको छ ।
डेढ महिनाअघि अध्यक्ष र महासचिव सर्वसम्मत चयन गरेको एकीकृत समाजवादीले पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि आज निर्वाचन गर्न लागेको हो ।
एक महिला उपाध्यक्ष पदका लागि जयन्ती देवी राई र रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ ।
त्यसैगरी मधेशी समुदायको उपाध्यक्षका लागि धर्मनाथ प्रसाद शाह र रामचन्द्र झाको उम्मेदवारी परेको छ ।
४ खुल्ला उपाध्यक्षका लागि ११ जनाको उम्मेदवारी परेको छ । ४ उपमहासचिव पदका लागि २० जनाको उम्मेदवारी परेको छ ।
हेर्नुहोस् उम्मेदवारहरूको सूची







