२३ असार २०८३, मंगलबार
प्रतिनिधिसभा बैठक

टुँडिखेलमा भएको घटना खतराको घण्टी हो, भयावह स्थिति आउन सक्छ– अमरेशकुमार सिंह

भदौ ११, २०८१
काठमाडौं
टुँडिखेलमा भएको घटना खतराको घण्टी हो, भयावह स्थिति आउन सक्छ– अमरेशकुमार सिंह

प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सोमबार काठमाडौंको टुँडिखेलमा नेताहरूमाथि भएको नाराबाजी खतराको घण्टी भएको बताएका छन् । नेताहरू नसुध्रिए स्थिति भयावह हुने उनको भनाइ छ ।

मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद सिंहले नेताहरू नसुध्रिए भयावह स्थिति आउन सक्ने चेतावनी दिएका हुन् ।

‘हिजो टुँडिखेलमा घटना भएको छ, त्यो हाम्रो लागि खतराको संकेत हो । नेताजीसँग प्रश्न गर्न चाहन्छु, पहिले जस्तो गर्ने कि सुध्रिने ?,’ उनले प्रश्न गरे ।​

बंगलादेशमा शेख हसिनासँग ७ महिनाको ताजा दुई तिहाइको बहुमत भए पनि त्यसले काम नगरेको उनले टिप्पणी गरे ।

‘लोकतन्त्र कही जाँदैन, तर हावा हुन्डरीमा नेताजी र दलहरू जान सक्छन्,’ सांसद सिंहले भने ।

सोमबार टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी गौरा पर्वको कार्यक्रममा नेताहरूविरुद्ध नाराबाजी भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्