१० साउन २०८३, आइतबार

प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

भदौ ११, २०८१
काठमाडौं
प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

भेटका अवसरमा उनीहरूबीच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साललगायतको उपस्थिति थियो ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणामा ओमानका विदेशमन्त्री दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार नेपाल आएका हुन् । 

नेपालको ओमानसँग ‘सन् १९७७ जनवरी २१’ मा कूटनीतिक सम्बन्ध कायम भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्