२१ असार २०८३, आइतबार

मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, बोक्सीखोला थुनियो

भदौ ११, २०८१
मुस्ताङ
मुस्ताङको थासाङमा पुनः हिउँपहिरो, बोक्सीखोला थुनियो

 धौलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट आज साँझ पुनः हिउँपहिरो खसेको छ । 

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ  ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताए ।  

“यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ”, उनले भने, “हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।”

बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । आज साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोले एक सय ५० भन्दाबढी चौँरीगाई मरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्