०८ असार २०८३, सोमबार

बसको ठक्करबाट ४४ वर्षीय लोकबहादुरको मृत्यु

कात्तिक २०, २०७४
बसको ठक्करबाट ४४ वर्षीय लोकबहादुरको मृत्यु

मोरङ, १४ कात्तिक– मोरङको बेलबारी–१० स्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्व आउँदै गरेको ना ६ ख ७२१९ नंको बसले पैदलयात्री झापा कमल गाउँपालिका–५ बस्ने ४४ वर्षीय लोकबहादुर श्रेष्ठलाई सोमबार साँझ ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय, बेलबारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

ठक्कर दिने बस र त्यसका चालक बाराको सिमरा–३ घर भएका ४८ वर्षीय वीरबहादुर लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्