१५ असार २०८३, सोमबार
साफ च्याम्पियनसिप

नेपाललाई फेरि घरेलु मैदानमा उपाधि उचाल्ने अवसर

भदौ १२, २०८१
काठमाडौं
नेपाललाई  फेरि घरेलु मैदानमा उपाधि उचाल्ने अवसर

साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल आज हुँदै छ । फाइनलमा उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै छन् । 

भारतलाई पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको थियो । नेपाल भने भुटानलाई पराजित गर्दै फाइनल पुगेको हो । ​

दिउँसो साढे २ बजेबाट शुरू हुने फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने छ । यसअघि फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएको थियो ।

तर, लगातारको वर्षा र दशरथ रंगशालाको भिजेको आउटफिल्डलाई मध्यनजर गर्दै फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारिएको हो । 

भारत यसअघि तीन पटकको च्याम्पियन हो । पहिलो दुई संस्करणको उपाधि भने नेपालले जितेको थियो । 

सन् २०१५ मा नेपालबाट शुरू भएको च्याम्पिनसिपमा नेपालले फाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको थियो । सन् २०१७ मा भुटानमा भएको च्याम्पियनसिपमा नेपाल च्याम्पियन बनेको थियो ।

अब नेपाललाई फेरि घरेलु मैदानमा उपाधि जित्ने अवसर आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्