![बागलुङमा तीन सय वर्ष पुरानो ऐतिहासिक हनुमान नाच प्रदर्शन [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/hanuman_nach_2_f7uWzHPBHQ.jpg)
बागलुङमा ऐतिहासिक हनुमान नाच शुरू गरिएको छ । नेवारी समुदायमा मौलिक सांस्कृतिक नाचका रूपमा रहेको हनुमान नाच ९ वर्षपछि विधिपूर्वक पूजा गरी देखाउन थालिएको हो ।

हनुमान नाच संरक्षण परिषद् बागलुङको आयोजनामा नाच प्रदर्शन गरिएको हो । हनुमान नाच नेवार समुदायको सांस्कृतिक पहिचान हो । बागलुङमा नेवार समुदायले करिब ३ सय पचास वर्ष पहिलादेखि हनुमान नाच देखाउँदै आएका छन् ।
यहाँका नेवार समुदायद्वारा संरक्षित हनुमान नाच पाँच वर्षमा देखाइने गरिएकोमा कोभिडका कारण तत्कालीन समयमा रोकिएकोमा अहिले नौ वर्षपछि देखाइएको हो ।

तस्बिर : रासस