३१ असार २०८३, बुधबार

ओली–देउवाविरुद्ध नाराबाजी गर्ने दुईजना पक्राउ, सोधपुछ जारी

भदौ १२, २०८१
काठमाडौं
ओली–देउवाविरुद्ध नाराबाजी गर्ने दुईजना पक्राउ, सोधपुछ जारी
फाइल तस्वीर

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो ।

सुर्खेतका गोपीराज जैशी र अछामका रामबहादुर बुढालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको काठमाडौं परिसरका एक अधिकारीले जानकारी दिए । 

गौरा पर्वको अवसरमा सोमबार काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा युवाहरूले नेताविरुद्ध नाराबाजी गरेका थिए । आफूविरुद्ध नाराबाजी भएपछि देउवा आक्रोशित बनेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्