२८ असार २०८३, आइतबार

नबिल बैंकले ल्यायो ‘नाडा अटो शो’लक्षित विशेष अटो लोन योजना

भदौ १२, २०८१
काठमाडौं
नबिल बैंकले ल्यायो ‘नाडा अटो शो’लक्षित विशेष अटो लोन योजना

नबिल बैंक लिमिटेडले मंगलवारदेखि शुरू भएको नाडा अटो शो २०२४ लाई लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ ।

भदौ १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन भइरहेको अटो मोबाइलको कुम्भमेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर यो योजना ल्याइएको हो ।

यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत  र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको ‘आकर्षक प्रस्ताव’ ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पुर्याउने विश्वास गरिएको बैंकले जनाएको छ ।

ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर ‘ई नाइन्टिन’मा  छुट्टै सेवाकेन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरेमा कर्जाका लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ । यसका अतिरिक्त नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफर पनि प्रस्तुत गरेको छ ।

'चाडपर्वको माहोललाई ध्यानमा राख्दै वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरिएको हो,’ बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । 

‘यस बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।’


 

salt training

कमेन्ट गर्नुहोस्