३० असार २०८३, मंगलबार

ललितपुर महानगर र कोरियाको शिक्षा कार्यालयबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने सहमति

भदौ १३, २०८१
काठमाडौं
ललितपुर महानगर र कोरियाको शिक्षा कार्यालयबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने सहमति

ललितपुर महानगरपालिका र कोरियाको चुङचेओङनामडो प्रान्तस्थित चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयबीच शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्न सहमति कायम भएको छ । 

सहकार्यका लागि ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङले आशय पत्रमा हस्ताक्षर गरे । 

हस्ताक्षर कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जनसमेत उपस्थित थिए । महानगर प्रमुख महर्जनले आशय पत्रमा हस्ताक्षरपछि शिक्षा, खेलकुद र सांस्कृतिक आदानप्रदानमा सहकार्य गर्न बाटो खुलेको बताए । 

प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले समझदारीबाट कोरिया र नेपाल दुवै देश लाभान्वित हुने बताइन् । 

चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङले यो कार्यक्रमले कोरिया र नेपालको सम्बन्धलाई थप उचाई पुर्‍याएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्