०६ साउन २०८३, बुधबार
सहकारी ठगी प्रकरण

रास्वपालाई गगनको जवाफ– रविसँग ९ घण्टा बयान भयो, फैसला त आउँनै बाँकी छ

भदौ १३, २०८१
काठमाडौं
रास्वपालाई गगनको जवाफ– रविसँग ९ घण्टा बयान भयो, फैसला त आउँनै बाँकी छ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पर्याप्त प्रमाण भएकै आधारमा सहकारी ठगी छानबिन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग ९ घण्टा बयान लिएको बताएका छन् । लामिछानेलाई सफाइ दिएको नभइ उनको बयान लिइएको उनले टिप्पणी गरे । 

बिहीवार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा कांग्रेस महामन्त्री थापाले समितिमा बयान भएको र प्रमाणकै आधारमा फैसला आउने बताएका हुन् । 

‘यहाँ केही सांसदले प्रमाण खोइ ? प्रमाण खोइ ? भनेको सुनियो । हामीसँग भएको तथ्य प्रमाण साथीहरूले पक्कै लिएर गएका होलान् । ९ मिनेटमा चट् भनेको ९ घण्टा बयान दिनुपर्ने अवस्था तथ्य प्रमाण भएकाले नै आएको होइन ?’ उनले भने । 

यसअघि रास्वपाका सांसदहरूले सहकारी ठगीमा लामिछानेमाथिको प्रमाण सार्वजनिक गर्न चुनौती दिँदै आएका थिए । 

‘सभापति सूर्य थापालगायत समितिमाथि पूरा विश्वास छ, धेरै मेहनत गर्नुभएको छ । तर साथीहरू (रास्वपा सांसद) झुक्किनु भयो कि ? बयान हो बयान, सफाइ होइन,’ यसबारे महामन्त्री थापाले भने । 

समितिमा रहेका रास्वपा सांसदलाई कालोलाई सेतो कसरी भन्ने भनेर धर्मसंकट निम्तिएको उनको टिप्पणी थियो । 

salt training

कमेन्ट गर्नुहोस्