१८ असार २०८३, बिहीबार

सर्वोच्चले आदेश दिएको ६ महिना ८ दिनपछि पक्राउ परे बालकृष्ण ढुंगेल

कात्तिक २०, २०७४
सर्वोच्चले आदेश दिएको ६ महिना ८ दिनपछि पक्राउ परे बालकृष्ण ढुंगेल

काठमाडौं १४ कात्तिक– सर्वोच्च अदालतले ७ दिनभित्र पक्राउ गर्न आदेश दिएका माओवादी केन्द्रका नेता बालकृष्ण ढुंगेल ६ महिला ८ दिनपछि पक्राउ परेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजालसले २०७३ साल चैत्र ३१ गते ढुंगेललाई एक साताभित्र पक्राउ गर्न प्रहरीलाई आदेश दिएको थियो ।

ढुंगेलले आफूलाई जन्मकैदको फैसला गर्ने न्यायाधीशको फिला चिर्ने अभिव्यक्ती दिएर अदालतको मानहान गरेको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले हालेको रिटमाथि सर्वोच्चले गतबर्षको चैत ३१ गते सो आदेश दिएको थियो ।

तर प्रहरीले विभिन्न दवावका कारण ढुंगेललाई पक्राउ गर्न सकेको थिएन । सर्वोच्चको आदेशको अवज्ञा गरेको भन्दै अधिवक्ता ज्ञिपाठीले प्रहरी प्रमुख प्रकाश अर्यालविरुद्ध सर्वोच्चका केही दिन पहिले रिट दायर गरेका थिए ।

सो रिटमाथिको पेशी तोकिएकै दिन ढुंगेल पक्राउ परेका हुन् । उनलाई अब कारागार चलाउ गरिने छ । चैत्र ३१ को आदेशमा कारागार चलान गरेर कारागारबाटै जवाफ माग्न भनिएको अधिवक्ता त्रिपाठीले लोकान्तरलाई जानकारी दिए ।


माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’को बेला २०५५ सालमा ओखलढुंगाका उज्जन श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै सर्वोच्च अदालतले ढुंगेललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो ।

उज्जनको हत्यामा संलग्न रहेको भन्दै २०६१ सालमा नै जिल्ला अदालत ओखलढुंगाले कर्तव्य ज्यानमा दोषी ठहर गर्दै ढुंगेलमाथि सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला ठहर गरेको थियो ।

माओवादीहरुले भने सशस्त्र उज्जन श्रेष्ठको ‘हत्या’ जनयुद्धकालीन मुद्धा भएको भन्दै सत्यनिरुपण आयोग मार्फत छिनोफानो हुनेपर्ने बताउँदै आएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्