२७ जेठ २०८३, बुधबार

हावाहुरीले घोगा लाग्न थालेका मकैमा क्षति, किसान चिन्तित

भदौ १३, २०८१
सुर्खेत
हावाहुरीले घोगा लाग्न थालेका मकैमा क्षति,  किसान चिन्तित
फाइल तस्वीर ।

घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पुर्याउँदा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका किसान चिन्तित भएका छन् । घोगा लाग्न थालेका मकै नष्ट भएपछि यहाँका किसान चिन्तित बनेका हुन् ।

मुख्यबालीका रुपमा रहेको मकैबालीमा हावाहुरीले बोट भाँचिदिएपछि समस्या उत्पन्न भएको किसान हरिबहादुर खत्रीले बताए । यहाँका चार सय भन्दाबढी परिवारले लगाएका सयौँ रोपनी मकैबालीमा क्षति भएपछि खाद्यान्न सङ्कट पर्ने उनले उल्लेख गरे ।  

बुधवार आएको हावाहुरीबाट भएको क्षतिबारे प्रहरीले विवरण सङ्कलन गरिरहेको किसान विष्णु खत्रीले जानकारी दिए । भूकम्पबाट प्रभावित भएको ठाउँमा फेरि हावाहुरीले अन्नबाली नष्ट गरेपछि समस्या भएको उनको भनाइ छ । 

नलगाड–८ का वडाध्यक्ष तेजबहादुर सिंहले ठूलो मात्रामा किसानका मकैबाली नष्ट भएको बताए । वडामा सहयोग गर्न रकम नभएकाले सरोकार भएका अन्य निकायसँग क्षतिपूर्तिका लागि पहल गर्ने उनले उल्लेख गरे । –रासस 

salt training

कमेन्ट गर्नुहोस्