३० जेठ २०८३, शनिबार

अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानमा शर्तसहित ६० करोड ऋण लगानी गर्ने

भदौ १७, २०८१
काठमाडौं
अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानमा शर्तसहित ६० करोड ऋण लगानी गर्ने

अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानमा शर्तसहित ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ । अर्थ मन्त्रालयले यसबारे मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सहमति दिएको हो । 

चालु आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानका नाममा ऋण लगानीअन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्थापन भएको थियो । त्यसमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरेर कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । 

दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ । 
यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रुपमा लगानी गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्