
नेपाली कांग्रेसको पेशागत बुद्धिजीवी विभागले बीपी कोइरालाको १११ औं जन्मजयन्ती र संविधान दिवसका दिन अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।
डा डिला संग्रौला प्रमुख रहेको विभागको बैठकले बीपी कोइरालाको १११ औं जन्मजयन्तीको अवसरमा यही भाद्र २५ गते ‘बीपीको समाजवाद र बुद्धिजीवीको भूमिका’ सन्दर्भमा विचार गोष्ठी गर्ने निर्णय गरेको हाे ।
त्यस्तै, असोज ३ गते संविधान दिवसको अवसरमा विशेष अन्तरक्रिया कार्यक्रम गर्ने पनि विभागले जनाएको छ ।
सोमवारको बैठकले वार्षिक रुपमा सञ्चालन गर्ने विविध कार्यक्रम र कार्यतालिका तयार गर्ने पनि जनाइएको छ ।