०७ साउन २०८३, बिहीबार
रोकिएन युद्ध

रुस–युक्रेन युद्धले भीषण रूप लिँदैः आक्रमण–प्रत्याक्रमण तीव्र, धनजनको ठूलो क्षति

भदौ १७, २०८१
काठमाडौं
रुस–युक्रेन युद्धले भीषण रूप लिँदैः आक्रमण–प्रत्याक्रमण तीव्र, धनजनको ठूलो क्षति

रुस–युक्रेन युद्धले थप भीषण रूप लिँदैगर्दा पछिल्ला घटनाक्रमहरूमा दुबै पक्षबाट व्यापक आक्रमण र प्रत्याक्रमण भएका छन् । त्यसले ठूलो जनधनको क्षतिसमेत पुगेको छ । 

रुसले युक्रेनको राजधानी किभमा आइतवार रातभर आक्रमण गर्यो । आक्रमणका क्रममा युक्रेनी हवाई प्रतिरक्षा प्रणालीले २० भन्दा बढी क्रुज र ब्यालिस्टिक क्षेप्यास्त्र खसाल्न सफल भएको बीबीसी रसियाले जनाएको छ । 

किभ नगरपालिकाका उच्च कर्मचारी सेरही पोपकोको भनाइ उदृत गर्दै बीबीसी रसियाले लेखेको छ, ’किभमा आक्रमण गर्न प्रयोग गरिएका क्षेप्यास्त्रहरू रुसको सारातोभ क्षेत्रबाट युक्रेनतर्फ प्रक्षेपण गरिएका थिए ।’

null 

किभको स्व्याटोशिन, गोलोसेभो, र सेभचेन्को क्षेत्रमा क्षेप्यास्त्रको टुक्रा खसेपछि आगलागी भएको र त्यसमा दुईजना गम्भीर घाइते भएको उनले जानकारी दिए । 

रुसको आक्रमणबाट विभिन्न गैर–आवासीय भवन, सवारीसाधन र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार स्व्याटोशिन क्षेत्रमा चारवटा सवारीसाधनमा आगलागी भएको छ भने दुईतले गैर–आवासीय भवन, मेट्रो स्टेसननजिकै रहेका घर र स्टेसनको काँचको ढोकामा समेत क्षति पुगेको छ । 

त्यसैगरी, गोलोसेभो र शेभचेन्को क्षेत्रमा पनि आगलागी र भौतिक संरचनाहरूमा क्षति भएको छ । मेयर क्लिट्स्कोले सो क्षेत्रमा तत्काल आपतकालीन सेवाहरूलाई परिचालन गरिएको जानकारी दिएका छन् ।

रुसले किभलाई निशाना बनाइरहँदा युक्रेनले पनि रुसको बेलगोरोड क्षेत्रमा हमला गरेको छ । बेलगोरोडका गभर्नर व्याचेस्लाभ ग्लाडकोभले बीबीसी रसियालाई यसबारे जानकारी दिएका छन् ।

null 

उनले भनेका छन्, ‘युक्रेनको आक्रमणमा परी बेलगोरोडमा एक बालबालिका केन्द्र र एक विद्यालयमा प्रत्यक्ष क्षति पुगेको छ । यस आक्रमणमा नौजना गम्भीर घाइते भएका छन् र विभिन्न गैर–आवासीय भवनहरूमा आगलागी भएको छ ।’

किभसँगैरुसले युक्रेनको खार्किभमा पनि आक्रमण गरेको थियो । त्यहाँ पनि जनधनको ठूलो क्षति भएको छ । खार्किभमा आइतवार राति गरिएको ब्यालिस्टिक मिसाइल आक्रमणबाट कम्तीमा ४७ जना मानिस घाइते भएका छन्, जसमा सातजना बालबालिका छन् ।

खार्किभका मेयर इहोर टेरेखोभले आक्रमणबाट शहरको खेलकुद भवन र एक व्यापारिक केन्द्र पूर्णरूपमा ध्वस्त बनेको बताए ।

null

स्थानीय प्रशासनले यस घटनालाई गम्भीर रूपमा लिएको र नागरिकलाई सतर्क रहन आग्रह गरेको उनको भनाइ छ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले विश्वका नेताहरूलाई युक्रेनलाई सुरक्षित राख्न आवश्यक सम्पूर्ण सहयोग गर्न आग्रह गरेका छन् ।

रुसी रक्षा मन्त्रालयले रुसका १५ भन्दा बढी क्षेत्रहरूमा युक्रेनले गरेको ड्रोन आक्रमण प्रयासलाई असफल पारेको दाबी गरेको छ । आफूले युक्रेनबाट आएका १५८ ड्रोनलाई नष्ट गरेको र यो आफ्नो पक्षबाट भएको हालसम्मकै सबैभन्दा ठूलो ड्रोन प्रतिरोध रहेको रुसको दाबी छ । 

युद्धका पछिल्ला घटनाले दुवै देशका नागरिकको जनजीवनमा गम्भीर असर पारिरहेको छ । युक्रेनमा हरेक दिनको आक्रमण र प्रतिकारले त्यहाँको जनजीवन अस्थिर बनेको छ भने रुसले आफ्नो सुरक्षालाई थप मजबुत बनाउन प्रयास जारी राखेको छ । 

salt training

कमेन्ट गर्नुहोस्