०८ साउन २०८३, शुक्रबार

एनआईसी एशियाका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा बलियो बनाउन पीसीआई–डीएसएस स्तरोन्नति

भदौ १८, २०८१
काठमाडौं
एनआईसी एशियाका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा बलियो बनाउन पीसीआई–डीएसएस स्तरोन्नति

एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरूको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी बैंक पीसीआई–डीएसएस भी ४.० (PCI-DSS v4.0) भर्सनमा स्तरोन्नति भएको छ ।

बैंकले आफ्न ईएफटी स्वीच (EFT Switch) सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भी ३.२.१ भर्सनबाट पीसीआई–डीएसएस भी ४० भर्सनमा स्तरोन्नति भएको हो । यस स्तरोन्नतिसँगै कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको बैंकले जनाएको छ ।

बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्वीचद्वारा संचालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट छन्, जुन कार्डहरू नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ । अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ । 

कार्ड प्रयोगकर्ताहरूको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रूपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको बैंकले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्