२८ जेठ २०८३, बिहीबार

वात्सल्य नेचुरल आईभीएफ बन्यो एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक

भदौ १८, २०८१
काठमाडौं
वात्सल्य नेचुरल आईभीएफ बन्यो एभरेस्ट महिला भलिबल लिगको मुख्य प्रायोजक

वात्सल्य नेचुरल आईभीएफ एभरेस्ट महिला भलिबल लिगको पहिलो संस्करणको मुख्य प्रायोजक बनेको छ । सहकार्यले महिलाको उपलब्धिलाई मान्यता दिने र जीवनका सबैक्षेत्रमा उत्कृष्टता हासिल गर्न स्वतन्त्रता दिन सघाउने विश्वास लिग आयोजकको छ ।

नेपालमा प्रजनन हेरचाह र महिलाको स्वास्थ्यमा उत्कृष्टता हासिल गरेको वात्सल्य नेचुरल आईभीएफले महिला सशक्तिकरणको लागि सधैं अभियान चलाउँदै आएको छ । 

लिगको मुख्य प्रायोजक बनेर महिलालाई सशक्त बनाउने, समावेशिता प्रवर्द्धन गर्ने र लामो समयदेखि महिलाको स्वतन्त्रता र अवसरमा अवरोध खडा गर्ने सामाजिक मान्यताहरूसँग जुध्न सघाउने विश्वास वात्सल्य नेचुरल आईभीएफको छ ।

६ टोलीको सहभागिता रहने एभरेस्ट महिला भलिबल प्रतियोगिता आगामी असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सन्चालन हुँदै छ ।


 

salt training

कमेन्ट गर्नुहोस्