२१ जेठ २०८३, बिहीबार
सर्वोच्च अदालतको आदेशबारे संसदमा आवाज

काठमाडौंका ८० हजार घरपरिवारको बिल्लीबाठ लगाउने सर्वोच्चको आदेशको छिटो पुनरावलोकन होस्ः कांग्रेस सांसद चालिसे

भदौ १८, २०८१
काठमाडौं
काठमाडौंका ८० हजार घरपरिवारको बिल्लीबाठ लगाउने सर्वोच्चको आदेशको छिटो पुनरावलोकन होस्ः कांग्रेस सांसद चालिसे

काठमाडौंका नदी किनारामा थप २० मिटर जग्गामा संरचना बनाउन नपाइने सर्वोच्च अदालतको आदेशबारे संसदमा कुरा उठेको छ । मंगलवार बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले जलाधार नियन्त्रणका नाममा हजारौँलाई उठिबास लगाउन नमिल्ने बताएका हुन् । 

न्यायाधीश डा आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले काठमाडौंका नदी किनाराको थप २० मिटरमा संरचना बनाउन नपाइने आदेश गत २०८० पुस १३ मा गरेको थियो । 

‘२०६५ सालमा अधिकारसम्पन्न बागमती एकीकृत आयोजनाले २० मिटर अधिग्रहण गरिसकेको छ । थप २० मिटर अधिग्रहण गर्ने कुराले आज काठमाडौंका  ८० हजार घर परिवारको रुवावासी भएको छ,’ उनले प्रश्न गरे, ‘के अध्ययन गरेर यो फैसला आयो ? कसले फैसला गर्न लगायो ?’ 

उपत्यका भरिका हजारौँ मानिसले त्यही जग्गा राखी बैंकबाट ऋणि लिएर घर बनाएको र अहिले धितो परिवर्तन गर्न बैंकले निर्देशन दिएकोप्रति उनले सरकारको ध्यानाकर्षण गराए । ‘अहिले ८० हजार घरपरिवारको रुवावासी भएको हुनाले सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । चाँडोभन्दा चाँडो यो फैसलामाथि सुनुवाइ (पुनरावलोकन) होस्,’ उनले भने, ‘८० हजार परिवारको बिल्लीबाठ भएको छ । बागमतीको जलाधार नियन्त्रण गर्ने धेरै उपाय छन्, साराको बास उठाएर गर्न पाइँदैन ।’ 

सर्वोच्चको आदेशलाई लिएर काठमाडौं महानगरले सूचना प्रकाशित गरेपछि उपत्यकाको नदी किनारा आसपासमा त्रास फैलिएको छ । 


 

salt training

कमेन्ट गर्नुहोस्