०९ साउन २०८३, शनिबार

पलेशालाई बुधवार नगर परिक्रमा गराइने

भदौ १८, २०८१
काठमाडौं
पलेशालाई बुधवार नगर परिक्रमा गराइने

पारालिम्पिक्समा पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइने भएको छ ।

कास्य पदक विजेता पलेशाको सम्मानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बुधवार नगर परिक्रमा गराउन लागेको हो ।

फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिमा प्रतिस्पर्धा गरेकी पलेशाले कास्य जितेकी थिइन् । यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

null 

पदक विजेता पलोशा बुधवार काठमाडौं आइपुगेलगत्तै नगर परिक्रमा गराइने राखेपले जनाएको छ । पेलशा र उनका प्रशिक्षक कविराज नेगी लामासहितको टोली बुधवार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओलर्ने बताइएको छ ।

बिहान ८ः३० बजेबाट शुरू हुने र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चौक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुंगिने छ ।

पारा तेक्वान्दो खेलाडी पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कास्य पदक जितेकी हुन् । पलेशाले पारा एसियाली खेलकुदमा पनि कास्य जितेकी थिइन् । 


 

salt training

कमेन्ट गर्नुहोस्