×

NMB BANK
NIC ASIA

लमजुङमा वाम र लोकतान्त्रिक गठवन्धनबीच कडा प्रतिस्पर्धा, यस्तो छ गणित

कात्तिक २०, २०७४

NTC
Premier Steels

लमजुङ, १५ कात्तिक– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि लमजुङमा दुई गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच कडा प्रतिष्पर्धा हुने भएको हो ।

जिल्लामा वाम गठबन्धन नयाँ होइन । सम्पन्न स्थानीय तह निर्वाचनमा पनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको हो । स्थानीय तह निर्वाचनको नतिजाअनुसार जिल्लाका आठ स्थानीय तहमध्ये प्रमुख पदमा नेपाली काँग्रेस २, एमाले ५ र माओवादी केन्द्रले एक पद जितेका छन् । यस्तै, उपप्रमुख पदमा काँग्रेसले तीन, एमालेले चार र माओवादी केन्द्रले एक पद जितेका छन् ।

जिल्लामा आठ स्थानीय तहमा ७५ वडा रहेका छन् । स्थानीय तहको निर्वाचन परिणामअनुसार ३४ वडामा नेपाली काँग्रेसले जितेको छ भने ३६ वडामा एमाले र एउटामात्रै वडामा माओवादी केन्द्रले जित हात पारेको छ ।

स्थानीय तहको मत परिणामअनुसार सबै स्थानीय तहबाट प्रमुखले पाएको मतलाई आधार मान्दा वाम गठबन्धन एक हजार २९६ मतले अघि देखिन्छ । स्थानीय तह निर्वाचनमा वाम गठबन्धनको ३३ हजार ६३३ मत आएको छ भने नेपाली काँग्रेसले ३२ हजार ३३७ मत प्राप्त गरेको छ । सोबाहेक प्रमुख पदमा अन्य दलको एकमुष्ठ तीन हजार ८६८ मत आएको थियो ।

स्थानीय तहको निर्वाचनमा सुन्दरबजार नगरपालिकामा काँग्रेसका बागी उम्मेदवार द्वारिका मिश्रले नै दुई हजार ७३० मत ल्याएका थिए । प्रतिनिधिसभा निर्वाचनमा सो मत काँग्रेसमा थपिएमा अन्य मतबाहेक नेपाली काँग्रेस वाम गठबन्धनभन्दा एक हजार ४३४ मतले अगाडि देखिन्छ ।

यसैगरी, पछिल्लो संविधानसभा निर्वाचन मत परिणामअनुसार पनि लमजुङको चुनावी प्रतिष्पर्धा कडा देखिन्छ । दोस्रो संविधानसभाको निर्वाचन मत परिणामअनुसार जिल्लामा काँग्रेसको जम्मा मत २५ हजार १७६ छ भने एमालेको मत २५ हजार ४०२ रहेको छ । सोही निर्वाचनमा तत्कालीन एनेकपा माओवादीले ११ हजार ६५० मत ल्याएको थियो ।

करिब चार हजार मत ल्याएको राप्रपासहित अन्य दलको मत पाँच हजार ५०० को हाराहारीमा रहेको थियो । तत्कालीन राप्रपा हाल लोकतान्त्रिक गठबन्धनमा भएकाले चुनावी प्रतिष्पर्धा कडा देखिएको हो ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि करिब १० हजार नयाँ मतदाता थपिएका छन् । सम्पन्न स्थानीय तह निर्वाचनमा एक लाख पाँच हजार ९९२ मतदाता रहेका थिए भने हाल ९ हजार ४५७ मतदाता थपिएर एक लाख १५ हजार ४४९ जना पुगेका छन् ।

जिल्लामा प्रतिनिधिसभा निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं निवर्तमान राज्य व्यवस्था समितिका सभापति दिलबहादुर घर्ती चुनावी मैदानमा छन् । यस्तै, वाम गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य देवप्रसाद गुरुङ चुनावी मैदानमा छन् ।

सोबाहेक जिल्लामा अन्य आठ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा उत्रिएका छन् । अन्यदलले उम्मेदवारी दिएपनि मुख्य प्रतिष्पर्धा भने लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनबीच नै हुने देखिन्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x