२२ असार २०८३, सोमबार

चारवटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

भदौ २०, २०८१
काठमाडौं
चारवटा संसदीय समितिको बैठक बस्दै, के छन् एजेण्डा ?

बिहीबार संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्ने तय भएको छ । संघीय संसद् सचिवालयका अनुसार  अर्थ समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बेठक बस्न लागेको हो । 
अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा दफावार छलफल हुनेछ । 

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धमा छलफल गर्ने कार्यसूची छ । 

यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ भने प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको पाँचौ वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्