
सरकारले पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशा गोवर्धनले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पलेशाले पाउने पुरस्कारमा कर छुट दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
पेरिसमा भएको पाराओलम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् । यो नै नेपाली खेलाडीहरूले ओलम्पिकमा जितेको पहिलो पदक हो ।
खेलकुद कार्यविधिअनुसार पलेशाले पुरस्कारस्वरुप ६५ लाख रुपैयाँ पाउँछिन् । सो पुरस्कार पाउँदा कर तिर्नुपर्ने भएपनि अब सरकारको निर्णयअनुसार उनले पुरै रकम पाउने भएकी छन् ।
यसअघि बुधबार नै प्रधानमन्त्रीले उनलाई पुरस्कार रकममा छुट दिने घोषणा गरेका थिए ।