२५ असार २०८३, बिहीबार

पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन्ः  देउवा

भदौ २१, २०८१
काठमाडौं
पर्वहरू हाम्रा पहिचान हुन्, गौरव हुन्ः  देउवा

 नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वहरू हाम्रा पहिचान र गौरव भएको बताएका छन् । 

हरितालिका तीजका अवसरमा शुभकामना व्यक्त गर्दै उनले हाम्रो देश विभिन्न धर्म, संस्कृति र पर्वले समृद्ध रहेको र विभिन्न पर्वहरूमध्ये हरितालिका तीज नेपाली महिलाहरूको विशेष महत्वपूर्ण पर्व भएको उल्लेख गरेका छन् । 

तीजमा चेलीहरू माइत आउने र पारिवारिक सम्बन्धलाई हार्दिक बनाउन भूमिका निर्वाह गर्ने दृष्टिले पनि यसको विशेष महत्व छ । सभापति देउवाले हाम्रो समाजमा सौहार्द्रता र एकतालाई मजबुत तुल्याउँदै आपसी प्रेम, सद्भाव, विश्वास र भाइचारा व्यक्त गर्ने यी परम्पराले समाजलाई एक साझा फुलवारीका रूपमा प्रतिविम्वित गर्दै आएको बताएका छन् । 

उनले तीज पर्वले आजको दिनमा हाम्रो देश, समाज र सबैको पारिवारिक जीवनमा सुखद् अपनत्व अभिवृद्धि गर्न सकोस् भन्दै अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्