
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ४ बजे खसेको पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
बिहीबार रातिदेखि भएको वर्षाका कारण पहिरो खस्दा दमौली डुम्रे सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा सवारी साधन र यात्रुहरू बाटोमै रोकिएका छन् ।
पहिरो पन्छ्याएर सडक खुलाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ ।