०७ साउन २०८३, बिहीबार

कांग्रेसको अपाङ्गता विभागमा १० सदस्य मनोनीत

भदौ २१, २०८१
काठमाडौं
कांग्रेसको अपाङ्गता विभागमा १० सदस्य मनोनीत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय एवं उत्प्रेरणा विभागमा १० नयाँ सदस्यहरू मनोनीत गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठ प्रमुख रहेको उक्त विभागमा सभापति देउवाले शुक्रबार सदस्यहरू मनोनीत गरेका हुन् ।

मनोनीत हुनेहरूमा भोजराज श्रेष्ठ- सिन्धुपाल्चोक, रमा ढकाल- काठमाडौं, उदयबहादुर लिम्बू- धनकुटा, उपेन्द्र खडायत- कञ्चनपुर, लोचन भट्टराई- नुवाकोट, नरवीर राउत- जुम्ला, देवा डाँगी- दाङ, सूची कुमाल- गोरखा, जितेन्द्रप्रसाद चौधरी- बारा र लक्ष्मण विश्वकर्मा- कैलाली रहेका पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।

null

कमेन्ट गर्नुहोस्