बैतडीमा एक बालकको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले क्षतिपूर्तिको माग राख्दै राजमार्ग अवरुद्ध पारेका छन् ।
सिगास गाउँपालिका–९ का १२ वर्षीय वसन्त बोहराको करेन्ट लागेर मृत्यु भएपछि आफन्तले शुक्रवार साँझदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।
वसन्तको शुक्रवार अपरान्ह १२ बजे बाख्रा चराउन गएका बेला भुँइमा अलपत्र छोडिएका तारमा अल्झिएर करेन्ट लागेको थियो । त्यसपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । उनको शव घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र साउद नेतृत्वको टोली राजमार्ग खुलाउन उक्त क्षेत्रमा पुगेको छ ।