२१ जेठ २०८३, बिहीबार

राप्ती नदीमा​ बेपत्ता एक जनाको शव भेटियो

भदौ २३, २०८१
चितवन
राप्ती नदीमा​ बेपत्ता एक जनाको शव भेटियो

राप्ती नदीमा डुबेर बेपत्ता भएका दुई मध्ये एक जनाको शब भेटिएको छ ।

शुक्रबारदेखि राप्ती नदीमा बेपत्ता भएकामध्ये भरतपुर महानगरपालिका–२५ का ४३ वर्षीय सञ्जीवकुमार चौधरीको शव आज भेटिएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार बेपत्ता भरतपुर महानगरपालिका–२७ का ४५ वर्षीय शुक्रबहादुर परियारको खोजी जारी रहेको छ ।

भरतपुर महानगरपालिका–२७ जमुनाघाटस्थित राप्ती नदीमा माछा मार्न गएका उनीहरू बेपत्ता भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्