२४ जेठ २०८३, आइतबार

प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

भदौ २३, २०८१
काठमाडौं
प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

 शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन निर्देशन दिएकी छन् । 

आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज आयोजित कार्यक्रममा उनले साक्षरताविना शिक्षा र शिक्षाविना विकास सम्भव नहुने भएकाले समयसापेक्ष यसको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिएकी हुन् ।  “सरकार एक्लैको प्रयासले निरक्षरता उन्मूलन हुँदैन, सबै सरोकारवालाको सहभागितामा र सहयोगमा सरकारले काम गर्छ । आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकारले प्रतिबद्ध छ, त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा लाग्नु आवश्यक छ”, मन्त्री भट्टराईले भनिन् ।

त्यस अवसरमा उनले प्रौढ महिलालाई कक्षा १० सम्म पढाउने छवटा महिला विद्यालयलाई सम्मान गरेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्