२१ जेठ २०८३, बिहीबार

पौडी सङ्घद्वारा पलेशालाई सम्मान

भदौ २३, २०८१
काठमाडौं
पौडी सङ्घद्वारा पलेशालाई सम्मान

नेपाल पौडी सङ्घले पेरिस पारा ओलम्पिक–२०२४ मा ऐतिहासिक कास्य पदक विजेता पलेशा गोवर्धनलाई रु २५ हजार नगदसहित सम्मान गरेको छ । 

सङ्घले प्रशिक्षक कविराज नेगीलाई समेत नगद रु १० हजारसहित सम्मान गरेको छ । आज  आयोजित एक समारोहबीच पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ तथा कोषाध्यक्ष दिलिप वैद्यले संयुक्त रूपमा पलेशा र कविराजलाई चेक तथा सम्मान पत्र हस्तान्तरण गरे। 

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी तथा पूर्व खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको उपस्थिति रहेको थियो ।

फ्रान्सको राजधानी पेरिसमा हालै सम्पन्न के–४४ विधामा महिला ५७ किलोमुनि रिपेचेजतर्फ कास्य पदक जितेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्