कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडाैं | भदौ २५, २०८१
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा गोप्य रूपले क्यामेरा जडान गरिएको तथ्य बाहिर आएको छ । २०७९ पुस ११ गते प्रचण्ड प्रधानमन्त्री बनेपछि सिंहदरबारस्थित कार्यकक्षमा चारवटा क्यामेरा जडान गरिएको उच्च स्रोतको दाबी छ ।
‘तत्कालीन प्रधानमन्त्रीलाई थाहा नदिई सिंहदरबारस्थित कार्यकक्ष, प्रधानमन्त्रीलाई भेट्न जाने ढोका र भेटघाट कक्षमा क्यामेरा जडान गरिएको थियो,’ स्रोतले लोकान्तरसँग भन्यो, ‘प्रधानमन्त्रीको सचिवालयकै एकजना सदस्यले प्रधानमन्त्रीलाई समेत थाहा नदिई क्यामेरा जडान गरेका रहेछन् ।’
प्रधानमन्त्रीको सुरक्षा कमाण्डले सो कुरा थाहा पाएपछि क्यामेरा जडान गर्ने व्यक्तिमाथि छानबिन गरी कारबाही गर्नुपर्ने बताएको थियो । ‘छानबिन गरी कारबाही अगाडि बढाउँदा उक्त सूचना बाहिर जाने भन्दै प्रधानमन्त्री प्रचण्डले नै कारबाहीबाट जोगाएका थिए,’ स्रोतले थप्यो ।
प्रचण्डकै सचिवालयका एक सदस्यले पनि प्रधानमन्त्रीलाई थाहा नदिई सीसी क्यामेरा जडान गरिएको स्वीकारे । ‘हिडन क्यामेरा नै त होइन, तर प्रधानमन्त्रीज्यूलाई समेत थाहा नदिई प्रधानमन्त्रीज्यूको कार्यकक्षमा प्रवेश गर्ने ढोकामा सीसीटीभी क्यामेरा जडान गरिएको रहेछ, ‘सचिवालयका ती सदस्यले लोकान्तरसँग भने, ‘प्रधानमन्त्रीको कार्यकक्षमा को गए, को आए भन्ने कुराको निगरानी गर्न कसैलाई थाहा नदिई सीसीटीभी क्यामेरा जडान गरिएको थियो ।’
आईटीमा काम गर्नेहरूले नै त्यो क्यामेरा जडान गरेको उनले बताए । तर, त्यसबारे प्रचण्ड बेखबर रहेको सचिवालयकै सदस्यले लोकान्तरलाई जानकारी दिए ।
‘सीसीटीभी क्यामेराको फुटेज दुरूपयोग गर्ने मनसायले जडान गरेको होइन । नजानिकन ती साथीले सीसीटीभी जडान गरी फुटेज राख्ने गरेका रहेछन्,’ तत्कालीन प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘नेपाली सेनाका सेक्युरिटीले भने त्यस विषयमा छानबिन गरी आवश्यक कारबाही गर्नुपर्छ भनेर भनेकै हुन् ।’
त्यतिबेला प्रधानमन्त्री प्रचण्डका आईटी विज्ञ प्रकाश रायमाझी थिए । प्रधानमन्त्रीको कार्यकक्षमा हिडन क्यामेरा नभएर सीसीटीभी क्यामेरा जडान गरिएको उनले बताए । ‘हामीले आफ्नै सेफ्टीका हिसाबले सीसीटीभी क्यामेरा जडान गरेका थियौं,’ रायमाझीले लोकान्तरसँग भने, ‘विगतमा पनि प्रधानमन्त्रीकै कार्यकक्षबाट पेन हरायो, ल्यापटप, चार्जर मिसप्लेस भयो, हरायो भन्ने कुरा आएकाले सेफ्टीको हिसाबले मात्र सीसीटीभी जडान गरेका थियौं ।’
अघिल्लो प्रधानमन्त्रीको कार्यकालमा कार्यालय सहयोगी रहेका दिनेश श्रेष्ठले प्रधानमन्त्रीको कार्यकक्षमा लगेको पेन भोलिपल्ट नै हराएकोले सामान चोरी नहोस्, कुनै पनि सामान मिसप्लेस नहोस् भन्ने उद्देश्यले आफ्नै आन्तरिक निगरानीका लागि सीसीटीभी जडान गरेको उनले बताए ।
सुरक्षा निकायले भने सुरक्षा प्रोटोकलका आधारमा सीसीटीभी क्यामेरा जडान गर्न नहुने भन्दै प्रश्न उठाएको उनले स्वीकारे । ‘प्रधानमन्त्रीलाई समेत थाहा नदिएर जडान गरिएको होइन । भिजिबल (देखिने गरी) नै जडान गरिएको थियो,’ रायमाझीले लोकान्तरसँग थपे, ‘प्रधानमन्त्रीको कार्यकक्षमा हिडन क्यामेरा लगाएको भन्ने कुरा सरासर गलत हो ।’
२०८१ असार २८ गते संसद्को बहुमत गुमाएपछि प्रचण्ड प्रधानमन्त्रीबाट हटेका थिए । केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि सेक्युरिटी हेर्ने जिम्मा पाएको नेपाली सेनाले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र बालुवाटारस्थित निवासमा पुनः स्क्यान गरेको थियो ।
प्रधानमन्त्री ओलीको सचिवालय स्रोतले प्रधानमन्त्रीको कार्यकक्ष स्क्यान गरिएको बतायो । ‘सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय र बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा रहेका कार्यालयका हरेक कोठामा सुरक्षा निकायले स्क्यान गरेको थियो,’ उक्त स्रोतले भन्यो, ‘यसअघि कार्यकक्षमा क्यामेरा जडान गरिएको रहेछ, त्यसकारण सबै स्क्यान गर्न आएको भन्ने जवाफ सेक्योरिटीले दिएका थिए ।’
सिंहदरबारमा रहेको प्रधानमन्त्रीको कार्यकक्षमा सर्वसाधारण जान पाउँदैनन् । प्रधानमन्त्रीको सचिवालयका सदस्य र विशिष्ट व्यक्तिहरूलाई मात्र ‘एक्सेस’ हुने गरेको छ ।
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् । एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...
मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...