०९ असार २०८३, मंगलबार

भियतनाममा शक्तिशाली आँधी: ६५ जनाको मृत्यु, सात सय बढी घाइते

भदौ २५, २०८१
काठमाडौं
भियतनाममा शक्तिशाली आँधी: ६५ जनाको मृत्यु, सात सय बढी घाइते

भियतनाममा यागी नामक शक्तिशाली आँधीपछि आएको बाढी पहिरोले कम्तीमा ६५ जनाको मृत्यु भएको छ।

३९ जना अझै पनि बेपत्ता रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । 

धेरै जनाको मृत्यु बाढी-पहिरोमा परी भएको समाचारमा उल्लेख छ । बाढी पहिरोमा परेर ७५२ जना घाइते छन् ।

उत्तरी भियतनामका धेरै नदीहरूमा पानीको स्तर खतराको उच्च तहमा पुगेको छ ।

काओ बंग प्रान्तमा वर्षापछि आएको पहिरोले २० जना सवार बसलाई बगाएको थियो । 

यस्तै, जलमग्न रेड नदीको स्टिल पुल ढलेको छ । पुल भत्किएपछि केही मोटरसाइकल, कार र ट्रक नदीमा खसेको समाचारमा उल्लेख छ । 

यागी भियतनाममा १४९ किलोमिटर प्रतिघण्टाको गतिको साथ अवतरण गरेका थियो ।

salt training

कमेन्ट गर्नुहोस्