२१ जेठ २०८३, बिहीबार

मेरो पहिलो काम नीति र विधि बनाउने हो : गृहमन्त्री

भदौ २५, २०८१
काठमाडौं
मेरो पहिलो काम नीति र विधि बनाउने हो : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले कुनै पनि काम नीति र विधि बनाएर मात्रै गर्नुपर्ने बताएका छन् । मन्त्रालयस्तरी विकास समस्या समधान समितिको बैठकमा गृहमन्त्री लेखकले आफ्नो पहिलो काम नीति र विधि बनाउने भएको बताएका हुन् । 

‘कुनै पनि काम गर्न नीति र विधि चाहिन्छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको नयाँ कानुन निर्माणका लागि विधेयक अर्थमन्त्रालय पठाइएको छ । अन्य निकायमा पनि नीति र विधिको समस्या छ भने म कहाँ प्रस्ताव ल्याएर आउनुहोस्,' उनले भने, 'मैले अगाडि बढाउछु । पहिलो काम नीति र विधि बनाउने नै हो ।’

नीति र विधि बनेपछि जनशक्ति र बजेटका राष्ट्रिय योजना आयोगसँग आग्रह गरिने गृहमन्त्री लेखकको भनाइ थियो । ‘सुरक्षाको अनुभूति दिन दक्षजनशक्ति चाहियो । त्यसका लागि बजेट चाहियो । बजेट योजना आयोगसँग माग्नुपछ,’ उनले भने ।

गृहमन्त्री लेखकले गृहबाट अर्थमन्त्रालय पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विधेयकलाई चाँडो अगाडि बढाउन अर्थ मन्त्रालयका प्रतिनिधिलाई आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्