१० साउन २०८३, आइतबार

प्यालेस्टिनी क्षेत्रमा इजरायली हमलाः ४० जनाको मृत्यु, ६० घाइते

भदौ २५, २०८१
काठमाडौं
प्यालेस्टिनी क्षेत्रमा इजरायली हमलाः ४० जनाको मृत्यु, ६० घाइते

गाजा–प्यालेस्टिनी क्षेत्रको दक्षिणमा रहेको मानव बस्तीमा मङ्लबार भएको इजरायली हमलामा ४० जनाको मृत्यु हुनुका साथै ६० जना घाइते भएको गाजाको नागरिक सुरक्षा विभागले जनाएको छ । उक्त क्षेत्रमा रहेकाे हमास कमान्ड सेन्टरलाई लक्षित गरी आक्रमण गरिएकाे इजरायली सेनाले जनाएको छ ।

अन्य क्षेत्रमा आक्रमणपछि गाजाको दक्षिणी शहर खान युनिसको अल–मवासीमा दशौं हजार विस्थापित प्यालेस्टिनीले शरण लिएका थिए ।

यद्यपि, इजरायली सेनाले यस क्षेत्र वरपर पनि अपरेसन जारी गरेको छ ।  जुलाईमा हमासका सैन्य प्रमुख मोहम्मद देइफसहित ९० जनाभन्दा बढी मानिस मारिएको गाजाका स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।  

गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघाइरले आक्रमणमा मृत्यु तथा घाइते भएकालाई नजिकैको अस्पतालमा लगिएको बताएका छन् ।  

खान युनुसमा विस्थापितको शिविरलाई लक्षित गरी आक्रमण गर्दा बेपत्ता भएका १५ व्यक्तिहरूको उद्धारका लागि विभागका कर्मचारीहरू निरन्तर खटिरहेको  मुगैरले उल्लेख गरे । 

नागरिक रक्षाका प्रवक्ता महमुद बासलले शिविरमा शरण लिइरहेका मानिसलाई आक्रमणको चेतावनी नदिएको उल्लेख गर्दै आवश्यक सामग्रीको अभावले उद्धार कार्यमा बाधा पुगेको बताएका छन् ।  

उनका अनुसार आक्रमणका कारण २०–४० भन्दा बढी शिविरहरू पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । 

इजरायली सेनाले  विज्ञप्तिमार्फत् खान युनिसको मानवीय क्षेत्रबाट सैन्य कारबाही गरिरहेकाे हमासलाईआक्रमण गिरएको जनाएको हो ।  

गाजामा लडाकु समूहले तोकिएको मानवतावादी क्षेत्रसहित नागरिक र मानवीय पूर्वाधारको व्यापक दुरुपयोग गरेको जनाइएको छ ।  

हमासले विज्ञप्तिमार्फत् आफ्ना लडाकुहरू आक्रमणस्थलमा नभएको दाबी गरेको छ ।  

युद्धका क्रममा, इजरायलले हमासलाई बारम्बार सर्वसाधारणको नरसंहार गरेको आरोप लगाएको छ भने हमासले आरोपको अस्वीकार गरेको छ ।

गाजा आक्रमणमा हालसम्म कम्तीमा ४० हजार ९८८ जनाको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले मृतकमध्ये अधिकांश महिला तथा बालबालिका रहेको र अधिकांश जनसङ्ख्या विस्थापित भएको जनाएको छ ।

अमेरिका, कतार र इजिप्टले इजरायल र हमासबीच युद्धविराम र बन्धक–कैदी आदानप्रदान सम्झौता गर्ने प्रयासमा मध्यस्थता गरिरहेका छन् । यद्यपि, हाल वार्ता रोकिएको छ ।


 

salt training

कमेन्ट गर्नुहोस्