०२ असार २०८३, मंगलबार

सबै सरकारी अड्डामा 'टीएमएस' नचल्ने बनाइँदै

भदौ २५, २०८१
काठमाडौं
सबै सरकारी अड्डामा 'टीएमएस' नचल्ने बनाइँदै

सरकारले सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा कार्यालय समयमा शेयर कारोबारमा रोक लगाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार एक परिपत्र गर्दै सबै सरकारी तथा सार्वजनिक निकायहरूमा कार्यालय समयमा टीएमएस नचलाउने व्यवस्था गर्न निर्देशन दिएको हो ।

सिंहदरबारका कर्मचारीहरू काम छाडेर शेयर बजारमा भुल्नेगरेको स्टोरी लोकान्तरले प्रकाशित गरेको थियो । 

त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा शेयर कारोबार रोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाएको थियो ।

लगतै सरकारले कार्यालय समयमा शेयर कारोबारमा प्रतिबन्ध लगाउन निर्देशन दिएको हो ।

स्रोतका अनुसार शेयर कारोबार हुने सबै टीएमएस सिंहदरबारभित्रको सर्भरमा चलाउन नमिल्नेगरी ब्लक गर्न लागिएको छ ।

 

 

null

salt training

कमेन्ट गर्नुहोस्