३० असार २०८३, मंगलबार

४ लाख ५० हजार घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

भदौ २५, २०८१
काठमाडौं
४ लाख ५० हजार घुससहित वडाध्यक्ष र वडासचिव पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २४ का अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहलाई पक्राउ गरेको छ । 

उनीहरूलाई मंगलबार आयोगको टोलीले ४ लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

प्रवक्ता घिमिरेका अनुसार उनीहरूले बाटो प्रमाणित गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेका थिए ।

उनीहरू दुवै जना घुस लिइसकेको अवस्थामा वडा अध्यक्षको कार्यकक्षबाटै पक्राउ परेका हुन् । 

थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्