२४ असार २०८३, बुधबार

देउवाले मनोनीत गरे पर्यटन विभागमा १० नयाँ सदस्य

भदौ २५, २०८१
काठमाडौं
देउवाले मनोनीत गरे पर्यटन विभागमा १० नयाँ सदस्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पर्यटन विभागमा १० नयाँ सदस्यलाई मनोनीत गरेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको उक्त विभागको देउवाले मंगलबार नयाँ सदस्यहरू मनोनीत गरेका हुन् ।

मनोनयन हुनेहरूमा खुम सुवेदी- धादिङ, वीरबहादुर महरा- कञ्चनपुर, दीपेन्द्र पाण्डे ‘कपिल’- गोरखा, लक्की कार्की क्षेत्री- कास्की, छिरिङडोल्मा शेर्पा- दोलखा, दिनेश मगर- ओखलढुंगा, यज्ञमूर्ति आचार्य- अर्घाखाँची, रामप्रसाद पञ्जियार- धनुषा, ईश्वर लामिछाने- स्याङ्जा र जंगबहादुर लामा- हुम्ला रहेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्