अन्तर्राष्ट्रिय वित्त निगम(आईएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ ।
मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एशियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तार गर्ने बताएका हुन्।
आईएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो।
क्षेत्रीय निर्देशक फाखौरीले हरित उर्जा, रोजगारी वृद्धि र आर्थिक सहभागिता आईएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरे ।